बिहीबार, जेठ २८, २०८३

बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०
National life
Shivam cement

बागलुङ- बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ। बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। 

भरुवा बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Aug 10, 2023| 10:02 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्