बिहीबार, जेठ २८, २०८३

राहुल गान्धीले संसद् भवनमै फ्लाइङ किस दिएपछि...

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

भारतीय जनता पार्टीले कांग्रेस नेता राहुल गान्धीले स‌ंसद्‍मा आपत्तिजनक आचरण गरेको आरोप लगाएको छ। बीजेपीका सांसदको आरोप छ- राहुलले बुधबार लोकसभाबाट बाहिरिने क्रममा फ्लाइङ किस दिए।

National life

बीजेपीकी सिनियर नेतृ तथा केन्द्रीय मन्त्री स्मृति इरानीले संसद्‍मा बोल्ने क्रममा यो कुरा उठाएकी हुन्। 'महिला विरोधी मानसिकता भएको सांसदले नै यस्तो गर्न सक्छ। महिला सांसदसमेत उभिरहेको ठाउँमा फ्लाइङ किस दिनु अभद्र व्यवहार हो।' बीजेपीका महिला सांसदहरुले यसबारे लोकसभाका सभामुखलाई समेत सिकायत गरेका छन्। 

कांग्रेस सांसद मनिकम टैगोरेले भने स्मृति इरानीलाई 'राहुल फोबिया' रहेको टिप्पणी गरेका छन्। 

त्यसअघि अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा राहुलले सरकारमाथि तिखो हमला गरेका थिए। गान्धीले केन्द्र सरकारमाथि आरोप लगाउँदै मणिपुरमा भारत माताको हत्या गरिएको र यस्ता गर्नेहरू देशद्रोही भएको बताएका थिए। सरकारले मणिपुरलाई विभाजन गरेको पनि आरोप लगाएका थिए।

राहुल गान्धीको टिप्पणीमाथि जवाफ दिँदै केन्द्रीय मन्त्री स्मृति इरानीले सन् १९८४ को शिख दंगा र कश्मीरमा अशान्ति एवं कस्मिरी पण्डितमाथि अत्याचारको मुद्दा उठाउँदै कांग्रेसको इतिहास रगतले लत्पतिएको र विपक्षलाई महिला सुरक्षा, गरिब कल्याण, युवाको हित एवं देशको विकाससँग कुनै सरोकार नभएको आरोप लगाइन्।

Shivam cement

प्रकाशित: Aug 09, 2023| 21:07 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्