एजेन्सी- फ्रानस तथा पेरिस सेनट जर्मन (पीएसजी) का युवा स्टार खेलाडी केलियन एमबाप्पेले आफ्नो तुलना बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोसँग नगर्न आग्रह गरेकान छन् ।
पछिल्लो समय निकै नै चर्चामा आएको युवा स्टार खेलाडी एमबाप्पेले अन्तर्राष्ट्रिय सञ्चा माध्यमसाग कुरा गर्दै यस्तो बताएका हुन् । रोनाल्डो र मेस्सीले आफ्नो फुटबल जिवनमा धेरैथोक प्राप्त गरिसकेको र आफ्नो फुटबल जिवन भरखर सुरु भएको भन्दै एमबाप्पेले उनीहरुसँग तुलना गर्न नमिल्ने बताएका हुन् ।
उनले आफ्नो तुलना अन्य खेलाडीसँग गर्दा आफूलाई ठीक नलाग्ने बताएका हुन् । ‘म चाहन्छु, मेरो तुलना रोनाल्डो र मेस्सीसँग नहोस,’ उनले भने, ‘किनभने, म उनीहरूको समयको खेलाडी होइन, उनीहरू फरक समयका खेलाडी हुन् । मेरो बल्ल समय सुरु भएको छ ।’
यसपटकको बालोन डि‘ओरका बारेमा धभने उनी बोल्न नचाहेको खुलासा भएको छ । उनले भने, ‘मनोनयनमा म पनि छु । त्यसैले मैले यसबारे बोल्नु उचित हुँदैन ।’ उनले थपे, ‘मेरो क्लब र राष्ट्रिय टोलीका अन्य सहकर्मीका कारण म मनोनयनमा परे । म त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४