मंगलबार, वैशाख २९, २०८३

नेपालमा पहिलोपटक अल्टिमा एक्सचेन्ज मेला हुँदै

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

अल्टिमा लाइफस्टाइल एक गुणस्तरीय वेरेवल एसिसोरिज (पहिरन वस्तु) उत्पादनहरुका लागि परिचित उदयीमान नेपाली ब्रान्डले आफ्नो ग्राउन्डब्रेकिङ पहल अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ।

National life

अल्टिमाले अडियोपे्रमीहरुका लागि उत्कृष्ट २– दिने महोत्सव आयोजना गर्दैछ। जहाँ लामो समय देखिका प्रशंसकहरु र नयाँ आगमनहरु दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्द लिन सक्नेछन्। यो मेला समुदायसँग जोडिने र अडियोप्रतिको माया साझा गर्ने एक विशेष अवसर हो।

सुन्धारास्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्युरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन हुने अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनः परिभाषित गर्नेछ। यस विशेष उत्सवमा अल्टिमाले ग्राहकलाई आफ्ना पुराना वायर भएका इयरफोन र अडियो उपकरण, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्दछ। यस टप अफ द लाइन ट्रु वायरलेस स्टेरियो (टीडब्ल्यूएस) रु.१ हजार १९९ मा उपलब्ध छ र यो अडियोमा आधुनिकीकरण अनुभव गर्नेहरुका लागि एक विशेष अवसर हो।

अल्टिमा एटम ८२० आफ्नो असाधारण विशेषताहरुका लागि परिचित छ। २४ घन्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएम बास बुस्टेड अडियो पर्यावरणीय आवाज निराकरण र वायरलेस अडियो अनुभव लिन सकिन्छ। यो उत्कृष्ट प्रविधिको साथ अल्टिमाको मुख्य लक्ष्य भनेको नेपालका प्रत्येक व्यक्तिमा गुणस्तरीय अडियो आनन्द दिनु र इयरफोनहरु पुनरावर्तित गरेर दिगोपनलाई बढावा दिनु हो।

अल्टिमा एक्सचेन्ज मेला ग्राहकको हाल भइरहेको वायर्ड इयरवडहरुको ब्रान्ड वा अवस्थालाई ध्यान नदिई सबैका लागि खुला गरिएको छ। जुन नेपालमा मात्र नभई सम्भवतः विश्वव्यापी रुपमा नै यो किसिमको पहिलो कार्यक्रमका रुपमा इतिहास रच्न तयार रहेको छ। नेपालका प्रत्येक व्यक्तिलाई नवीन उपकरणको अतुलनीय सांगीतिक आनन्द दिने अल्टिमाको महत्वाकांक्षा हो।

 

प्रकाशित: Aug 09, 2023| 18:09 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्