सामसङ नेपालले ५औं जेनेरेसनको ग्यालेक्सी फोल्डेबल ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर खुला गरेको छ। स्लिक र कम्प्याक्ट डिजाइन रहेका यी फोनमा शक्तिशाली पर्फरमेन्सका साथै उत्कृष्ट अनुभव प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।
नयाँ फ्लेक्स हिन्जले सुन्दरताको सन्तुलन र ठोस डिजाइनसँगै फोल्ड गर्न मिल्ने अनुभवलाई सम्भव तुल्याएको कम्पनीको भनाइ छ।कम्पनीका अनुसार यी अतुलनीय फोल्ड गर्न मिल्ने मोबाइलहरुमा असाधारण क्यामरा क्षमताहरु जडित गरिएका छन्। लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसँग हुने सम्भावनालाई रुपान्तरण गरेको छ।
नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि ग्राहकहरुले २२ साउन २०८० देखि नै यी पाँचौं जेनेरेसनका फोल्डेबलहरुको प्रि–अर्डर गर्न सक्नेछन् र प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिक स्टोरहरुमा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।
ग्यालेक्सी जेड फ्लिप ५ सम्झौताविना स्व–अभिव्यक्त गर्ने एकमात्र पकेटेबल फोन भएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप ५ ले सेल्फ एक्सप्रेसनका लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ। ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट, लाभेण्डर र कालो रङ्गमा उपलब्ध छन्।
यसको बजार मूल्य ८+२५६ जीबीको मोडलका लागि १ लाख ३९ हजार ९९९ तोकिएको छ। ग्राहकहरुले प्रि–अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटीई (३ं३२ जीबी) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि ५ हजार र सामसङ ए७ लाइट एलटीईका लागि २ हजार रुपैयाँ अतिरिक्त व्यहोर्नु पर्नेछ।
विशाल स्क्रिन र धेरै समय चल्ने ब्याट्री सहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ।
ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाइट ब्लू रङ्गमा उपलब्ध छन्। ग्यालेक्सी जेड फोल्ड ५, १२ जीबी मेमोरी सहितका २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका छन्। ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को मूल्य २ लाख २६ हजार ९९९ रूपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२+५१२ जीबी) को मूल्य २ लाख ३९ हजार ९९९ रूपैयाँ कायम गरिएको छ। यसका साथै ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन्।
कम्पनीका अनुसार समग्रमा ग्राहकहरुले प्रि–अर्डर मार्फत् बढीमा २५ हजार रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्नति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि प्रयोग गर्न सक्नेछन्। न्यूनतम ईएमआई प्रति महिना ७ हजार रुपैयाँका दरले शून्य प्रतिशत ब्याजमा सुरु हुनेछ। ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले एक्स्चेञ्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन्।
दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी निर्माण गरिएको कम्पनीको दाबी छ। साथै आईपीएक्स८ को समर्थन, अलुमिनियम फ्रेमहरु र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ। उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध रहेको कम्पनीले बताएको छ।