मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १५ देखि १७ गतेसम्म

नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १५ देखि १७ गतेसम्म

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेससम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। आगामी भदौ १५ देखि १७ सम्म भृकुटीमण्डप प्रदर्शनीहलमा उक्त प्रदर्शनी हुन लागेको आयोजकले जनाएका छन्। विद्युतीय उपकरण र ऊर्जासँग सम्बन्धित उक्त प्रदर्शनी दोस्रो संस्करण हो।

National life

नेपालको पहिलो अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत्सँग सम्बन्धित प्रदर्शनी मिडिया स्पेस सोलुसन्स्का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्को संयोजकत्वमा आयोजना हुन लागेको हो।

प्रदर्शनी, सम्मेलन र साझेदारी गरी आधारभूत तीन सोचहरूको समायोजन गर्न उक्त प्रदर्शनीले खोजेको आयोजकले जनाएका छन्। यी तीन सोचहरूबाट नेपालमा विद्युत्, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकको बुझाइ छ।

 

प्रकाशित: Aug 09, 2023| 18:06 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्