बिहीबार, जेठ २८, २०८३

जिरो स्याडो डे, जुनदिन गायब हुनेछ तपाईंको आफ्नै छाया

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

भनिन्छ, जीवन घामछाया हो। यो किन भनिएको हो भने जहाँ घाम छ, त्यहाँ छाया हुन्छ। घामसँगै मानिसलाई छायाले पछ्याइरहेको हुन्छ। तर सधैं भने यस्तो हुँदैन। मानिसलाई छायाले पनि साथ छोड्छ। खगोलीय कारणले विरलै यस्तो घटना हुने गर्छ।

National life

यो वर्षको अगष्ट महिना खगोलीय हिसाबले खास छ। यो महिना केही आश्चर्यजनक खगोलीय घटना हुनेवाला छन् जुन दुर्लभ हुन्। सबैभन्दा खास घटना भने अगष्ट १८ मा हुनेछ। त्यसदिन तपाईंले आफ्नो छाया देख्नु हुनेछैन। यसलाई खगोलीय भाषामा 'जिरो स्याडो डे' भनिन्छ।

के हो जिरो स्याडो डे ?
१८ अगष्ट २०२३ मा जिरो स्याडो डे  हुनेछ। यसदिन कसैले पनि आफ्नो छाया देख्ने छैन। वैज्ञानिकहरुका अनुसार जिरो स्याडो डे दुर्लभ खगोलीय घटना हो। यसमा सूर्य पृथ्वीको ठीक माथि हुन्छ। यहीकारण कुनै पनि मानिस वा वस्तुको छाया देखिने छैन।

यस्तो पनि होइन कि छाया बन्दै बन्दैन। सूर्यको किरण धर्तीमा आउँदै नआउने पनि होइन। जिरो स्याडो डेमा सूर्यको किरण धर्तीमा सिधा पर्छ। यसका कारण छाया हाम्रो खुट्टाको तल बन्न पुग्छ र देख्न सकिँदैन। १३० ल्याटिट्युडमा पर्ने सबै स्थानमा यस्तो हुन्छ। केही समयका लागि मानिस र कुनै पनि भर्टिकल वस्तुको छाया देख्न सम्भव हुने छैन।

सूर्यप्रति पृथ्वीको झुकावका कारण यस्तो विशेष परिस्थिति बन्न पुग्छ। यस्तो अवस्थामा पृथ्वी २३.५ डिग्रीमा झुक्न पुग्छ। यसकारण हरेक दिन मध्यान्हको समयमा सूर्य हाम्रो शीरको ठीक माथि आइपुग्दैन। तर वर्षमा दुईपटक सूर्य हाम्रो शीरको ठिक माथि आइपुग्छ र छाया बिलकुल देखिँदैन। यसैलाई जिरो स्याडो डे भनिन्छ।  

Shivam cement

 

प्रकाशित: Aug 09, 2023| 17:54 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्