बिहीबार, जेठ २८, २०८३

कपिलवस्तुको कृष्णनगरमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ।

National life

रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। 

खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो। माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको उनले बताए। 

मङ्गलवार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ।

Shivam cement

प्रकाशित: Aug 09, 2023| 17:27 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्