बिहीबार, जेठ २८, २०८३

सूर्यविनायक-रत्नपार्क रुटमा सरकारले द्रुत बस चलाउने

असोज १ गतेदेखि नै सुरू गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरू हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ।
 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

काडमाडौं- सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ। असोज १ गतेदेखि नै सुरू गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरू हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ।  

National life

सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरू निकायको काम हुने यातायात विभागका प्रवक्ता इश्वरदत्त पनेरुले जानकारी दिए। सडक विभागले त्यसका लागि आवश्यक खण्ड सडक छुट्याएर ‘रोड मार्किङ’ गर्ने उनले बताए। उनले भने, ‘सडकको काम सकिएपछि अरू निकायको काममा समय धेरै लाग्दैन।’

सडक विभागले गर्ने काम सकिएपछि अरू निकाय तयारी अवस्थामा रहेको उनले बताए। यातायात व्यवसायीले सवारी साधन उपलब्ध गराउन तयारी अवस्थामा रहेको र ट्राफिक प्रहरीले आफूले गर्ने काम गर्ने उनको भनाइ छ। उनले भने, ‘सबैभन्दा पहिले सडकको काम नै हुनुपर्‍यो, त्यो सकिएपछि बैठक राखेर कार्यान्वयन कहिलेदेखि गर्ने भनी निर्णय हुनेछ।’ 

अहिलेको अवस्था हेर्दा असोज १ गतेदखि नै शुरू गर्ने सम्भावना कम रहेको प्रवक्ता पनेरुले जानकारी दिए। वर्षाको समय भएकाले सडक विभागले काम गर्न केही समस्या भएको छ। पार्किङका लागि अध्ययन पहिले नै भइसकेर बनाउन वर्षाका कारण नसकिएको उनले बताए।  

असोज भित्रै गरिने भए पनि पहिले लक्ष्य लिइएकोभन्दा आठ–१० दिन तलमाथि हुनसक्ने उनको भनाइ छ। कुन मितिबाट बस शुरू हुन्छ भन्ने कुरा सडक विभागको काममा निर्भर रहेको छ। यातायात व्यवस्था विभागले समन्वय, सहकार्य र नियमनको काम गर्ने उनको भनाइ छ। द्रुतमार्गका लागि सडकको दुवैतर्फको लेन छुट्याइने गरी तयारी गरिएको उनले बताए। 

Shivam cement

काठमाडौं उपत्यकामा अत्यधिक सवारी साधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालय आफैंले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको जनाएको छ। पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो। आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने विभागले जनाएको छ। 

मन्त्रालयले राम्रो अवस्था र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा शुरू गर्न लागेको हो। तत्कालका लागि द्रुत बस सेवा सवारीसाधनको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको  छ। त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

प्रकाशित: Aug 09, 2023| 22:02 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्