मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पाकिस्तानसँग एसिया कपमा भिड्नुअघि नेपालले कराँचीमा अभ्यास खेल खेल्ने

पाकिस्तानसँग एसिया कपमा भिड्नुअघि नेपालले कराँचीमा अभ्यास खेल खेल्ने

 |  बुधबार, साउन २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

vianetvianet

काठमाडौं-  नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। पाकिस्तानसँग एसियाको पहिलो खेल खेल्नुअघि नेपाल टिम आठ दिनअघि नै पाकिस्तानको कराँची पुग्ने भएको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई नेपाली टिमलाई एसिया कपअघि पाकिस्तानमा अभ्यास गराउने व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो। उक्त अनुरोधलाई पिसिबीले स्विकार गर्दै नेपाली टिमलाई कराँचीमा अभ्यास गराउने व्यवस्था मिलाएको हो।

नेपाली टिम भदौ ५ मा कराँची पुग्नेछ। टिमले भदौ ९ सम्म कराँचीमा अभ्यास खेल र प्रशिक्षण गर्नेछ। त्यहाँ स्थानीय टिमसँग नेपालले अभ्यास खेल खेल्नेछ। नेपाली क्रिकेट टिम भदौ १० गते मुल्तान पुग्नेछ। यसअघि नेपाली टिम अभ्यास नगरी सिधै मुल्तान पुग्ने कार्यक्रम थियो।  
नेपाल र पाकिस्तानबीचको एसिया कपको पहिलो खेल भदौ १३ मा मुल्तानमा हुनेछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’  मा छ। यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन्।

भारत र पाकिस्तानको राजनीतिका तनावका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। यसका कारण नेपालले एसिया कपको समूह चरणका खेल दुई देशमा खेल्दैछ।

समूहको पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेलेपछि नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७  (भदौ १७) हुनेछ।

 

प्रकाशित: Aug 09, 2023| 16:05 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्