मंगलबार, वैशाख २९, २०८३

नेप्सेमा दोहोरो अंकको वृद्धि

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

National life

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१.०६ अंकले बढेको छ। बजार २०६०.९१ विन्दुमा उक्लियो। यो २.०३ प्रतिशतको वृद्धिदर हो। बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो। बुधबार वित्त, होटल र पर्यटन, जीवन बीमा, व्यापारसहितका उपसूचकमा राम्रो वृद्धि देखियो।

म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए। कुल २६५ धितोपत्रको ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ। कुल १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार बुधबार भएको छ। हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट, मनकामना हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ।

सेञ्चुरी डिभेञ्चर, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले घेरै गुमाएमा छन्। आईएमई लाइफ इन्स्यारेन्स कम्पनी, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडियासहितका धितोपत्रको धेरै कारोबार भएको छ।

प्रकाशित: Aug 09, 2023| 15:38 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्