बुधबार, साउन ७, २०८२

तनहुँको व्यासमा सडक भासिएपछि यातायात अवरुद्ध

तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा दुईतर्फी यातायात पुनः अवरुद्ध भएको हो।
 |  बुधबार, साउन २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

vianetvianet

तनहुँ– पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा दुईतर्फी यातायात पुनः अवरुद्ध भएको छ।

आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आउजाउ बन्द भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।

सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ। अवरुद्ध सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।–रासस

प्रकाशित: Aug 09, 2023| 15:23 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्