बिहीबार, जेठ २८, २०८३

फेसबुकमार्फत् बालिकालाई यौनहिंसा गर्ने दुई जना पक्राउ

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

काठमाडौं- प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ।

National life

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाइ अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट  साथी बनाएर भिडियो कलमार्फत् मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिए।

उनीहरुलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरिएको उजुरीमा काठमाडौ‌ं जिल्ला अदालतबाट दुवै जनालाई पाँच/पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उनले  बताए।

प्रकाशित: Aug 09, 2023| 14:59 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्