मंगलबार, चैत १७, २०८२

रोनाल्डो र मेस्सीलाई उछिन्दै ‘गोल ५०’ अवार्ड मोड्रिचलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- चर्चित खेल सञ्चार संस्था ‘गोल’ ले प्रदान गर्दै आएको ‘गोल ५०’ अवार्ड रियल मड्रिड तथा क्रोएसियाका स्टार खेलाडी लुका मोड्रिचले जितेका छन् । मोड्रिचले विश्व फुटबलका दुई सुपरस्टार बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ‘गोल ५०’ अवार्ड जितेका हुन् । 

सन् २०१८ का लागि क्रोएसियन कप्तान मोड्रिचले यो अवार्ड जितेका हुन् । सन् २००८ बाट प्रदान गरिदै आएको यो अवार्ड ११औं संस्करण हो । सिजन २०१७-१८ का लागि वर्षभरिको प्रदर्शनका आधारमा सो अवार्ड दिइदै आएको छ । 

यसपटक यो अवार्डका लागि रोनाल्डो, मेस्सी र मोड्रिकलाई दाबेदार मानिएको थियो । तर, टप-३ मा मोड्रिकसँगै रोनाल्डो र सालाह परे । मेस्सी यस अवार्डका लागि टप-३ मै पर्न सकेनन् । ‘गोल ५०’ अवार्डका लागि मोड्रिक विजेता बन्दा रोनाल्डो दोस्रो नम्बरमा रहे । 

तेस्रो नम्बरमा सालाह रहँदा चौथो नम्बरमा पिएसजी तथा फ्रान्सका केलियन एमबाप्पे रहेका छन् । बार्सिलोनाका कप्तान मेस्सी भने पाँचौं स्थानमा रहे । त्यस्तै, छैटौं नम्बरमा म्यानचेस्टर सिटी तथा बेल्जियमका केभिन डि ब्रुएन, सातौंमा रियल मड्रिड तथा फ्रान्सका राफाएल भाराने, आठौंमा टोटनह्याम तथा इंग्ल्यान्डका ह्यारी केन, नवौंमा एथ्लेटिको मड्रिड तथा फ्रान्सका एन्टोनी ग्रीजम्यान र दशौंमा रियल मड्रिड तथा ब्राजिलका मार्सेलो परेका छन् । 

‘गोल ५०’ को अवार्ड यसअघि सन् २०१७ मा र २०१६ मा लगातार रोनाल्डोले जितेका थिए । त्यसअघि २०१५ मा मेस्सीले जितेका थिए । हालसम्म यो अवार्ड सर्वा्धिक धेरै रोनाल्डोले ५ पटक जितेका छन् भने मेस्सीले भने ४ पटक मात्रै जितेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।