बिहीबार, जेठ २८, २०८३

रास्वपाका कार्यकर्ता वाकीटकी लिएर पहिरो पन्छाउन खटिएपछि...

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

काठमाडौं- चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा वाकीटकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ।

National life

पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको वाकटाकी दर्ता भएको हो कि होइन भन्ने विषयमा छानिबन गर्न प्रशासनले प्रहरीलाई भनेको हो।

हिजो मंगलबार नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अंकित ज्याकेट लगाएका र वाकीटाकी लिएका व्यक्ति देखिएका थिए। फेसबुकमा सार्वजनिक भएको उक्त फोटोमा ती व्यक्तिले लगाएको ज्याकेटमा आरएटी. (र्‍यापिड एक्सन टिम) लेखिएको छ।

रास्वपा समर्थकहरुले पहिरो पन्छाउन र जाममा परेका सवारीसाधनको ट्राफिक व्यवस्थापन गर्न रास्वपाको टोली खटिएको प्रचार गरेका थिए। त्यसपछि प्रशासनले चासो देखाएको हो। कुनै दलका कार्यकर्ताले पहिरो पन्छाउने कार्यमा सहयोग गर्छौं भनेर स्वीकृति नलिएको चितवन प्रशासनले जनाएकोफ छ। पहिरो पन्छाउन राज्यकै स्रोतसाधन र जनशक्तिको प्रयोग गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

साथै प्रशासनले विपद्का घटनामा कुनै दल वा संगठनको परिचयबिना र विपद् व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने स्पष्ट पारेको छ।

Shivam cement

प्रकाशित: Aug 09, 2023| 13:24 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्