बिहीबार, जेठ २८, २०८३

छाउगोठ सुतेकी किशोरीको सर्पले टोक्दा मृत्यु

पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी अनिता चन्दको छाउगोठ सुतेका बेला सर्पले टोक्दा मृत्यु भएको हो।
 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

बैतडी– मासिकश्राव भएर छाउगोठ सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी अनिता चन्दको छाउगोठ सुतेका बेला सर्पले टोक्दा मृत्यु भएको हो।

National life

महिनावारीका बेला गोठमा सुतिरहेको समय सर्पले टोक्दा अनिताको मृत्यु भएको पालिकाको ४ नम्बर वडाध्यक्ष जनकबहादुर चन्दले बताए। उनले भने, ‘सर्पको टोकाइबाट १६ वर्षीया बहिनीको मृत्यु भएको छ। मंगलबार राती सर्पले टोकेको रहेछ।’

महिनावारी भएपछि अनिता ४ दिनदेखि गाईभैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्। अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत रहेको वडाध्यक्ष चन्दले जानकारी दिए।

कर्णालीसहितका विकट पहाडी जिल्लामा छाउपडी प्रथा सामाजिक संस्कार ठान्दा अनाहकमा किशोरीले ज्यान गुमाउने गरेका छन्।

प्रकाशित: Aug 09, 2023| 12:38 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्