बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • लयमा फर्किंदै श्रीलंकाको पर्यटन, सात महिनामा आठ लाख पर्यटक भित्रिए

लयमा फर्किंदै श्रीलंकाको पर्यटन, सात महिनामा आठ लाख पर्यटक भित्रिए

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०
National life
Shivam cement

श्रीलंकामा यस वर्षको पहिलो सात महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलंका विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ। भारत, संयुक्त अधिराज्य र चीन अगस्ट को आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए।

श्रीलंकामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ। सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए।

यद्यपि, आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ। सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक भित्रिएका छन्।

प्रकाशित: Aug 09, 2023| 12:26 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्