दोलखा– दोलखामा पहिरोमा एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो। तामाकोसी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले बताएको हो।
उनी गए राती माछा मार्न तामाकोसी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।
केही दिनअघि गौरीशंकर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो। पहिरोमा परेर थप दुई अझै बेपत्ता छन्।–रासस