बिहीबार, जेठ २८, २०८३

दोलखामा पहिरोले पुरिँदा बालकले ज्यान गुमाए

तामाकोसी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले बताएको हो।
 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०
National life
Shivam cement

दोलखा– दोलखामा पहिरोमा एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो। तामाकोसी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले बताएको हो।

उनी गए राती माछा मार्न तामाकोसी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

केही दिनअघि गौरीशंकर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो। पहिरोमा परेर थप दुई अझै बेपत्ता छन्।–रासस

प्रकाशित: Aug 09, 2023| 12:23 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्