बिहीबार, जेठ २८, २०८३

विषालु च्याउ खाँदा डोटी र मकवानपुरमा बिरामी परे १८ जना

जंगली च्याउ खाँदा डोटीको आदर्श गाउँपालिका–२ कारङेमा १८ र मकवानपुरको राक्सिराङ गाउँपालिकामा ६ जना थला परेका हुन्। 
 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

दिपायल– डोटी र मकवानपुरमा जंगली च्याउ खाँदा १८ जना बिरामी परेका छन्। डोटीको आदर्श गाउँपालिका–२ कारङेमा विषालु जंगली च्याउ खाएर १८ जना बिरामी परेको बताइएको छ। दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले जानकारी दिए।

National life

बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरका–१६ का हर्क रम्जाली छन्। 

बिरामी भएका सबैको आदर्श गाउँपालिकामा अवस्थित मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक जोशीले बताए। 

यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन् । राक्सिराङ–२ को औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका वडाध्यक्ष बुद्धराम लामाले बताए।

विषालु च्याउ खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको लामाको भनाइ छ। 

Shivam cement

च्याउ खाएलगत्तै बान्ता आएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिए पनि थप उपचारका लागि भरतपुर रिफर गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले पुष्टि गरे।

प्रकाशित: Aug 09, 2023| 12:06 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्