बिहीबार, जेठ २८, २०८३

मकवानपुर पहिरोः बेपत्ता पाँचमध्ये दुई जना मृत भेटिए

बाढीपहिरोले घर बगाउँदा बेपत्ता पाँचमध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी पालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको हो।
 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

मकवानपुर– मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा मंगलबार पहिरोमा परेर बेपत्ता भएका पाँचमध्ये आज बिहान थप दुई जना मृत भेटिएका छन्।

National life

मंगलबार बिहान वर्षासँगै आएको बाढीपहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो। पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको मंगलबार साँझ जीवितै उद्धार गरिएको थियो। उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो। घिसिङको खुट्टामा समस्या देखिएकाले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

पहिरोमा परेर तीन जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन्।

Shivam cement

प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। पहिरोमा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मंगलबार नै मृत्यु भएको थियो।–रासस

प्रकाशित: Aug 09, 2023| 11:19 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्