बुधबार, साउन ७, २०८२

इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने

 |  बुधबार, साउन २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

vianetvianet

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन्। पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

इमरान खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले ५ अगस्टमा तीन वर्षको जेल सजाय तोकेको छ। उनी हाल जेलमा छन्।

पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता इमरान सन् २०१८ को मेमा प्रधानमन्त्री बनेका थिए। उनीविरुद्ध संसद्ले अविश्वास प्रस्ताव पारित गरेपछि १० अप्रिल २०२२ मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए।

हाल पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ छन्। शहबाज सत्तामा आएपछि इमरान खानविरुद्ध १०० भन्दा बढी आरोपमा मुद्दा दायर भएको छ। खानले भने आफूमाथि लागेका आरोपहरुको खण्डन गर्दै ती सबै राजनीति प्रेरित भएको बताउँदै आएका छन्।

प्रकाशित: Aug 09, 2023| 06:51 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्