बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • संसद्‍मा गृहमन्त्री- छानबिन समितिले ३३ किलो सुन भेट्टायो त? सीआईबीलाई विश्वास गरौं

संसद्‍मा गृहमन्त्री- छानबिन समितिले ३३ किलो सुन भेट्टायो त? सीआईबीलाई विश्वास गरौं

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसअघि सरकारले छानबिन समिति बनाएर ३३ किलो सुनको छानबिन गर्दा कुनै निष्कर्ष निकालेको भन्दै अहिलेको अनुसन्धानलाई सीआईबीले तार्किक निष्कर्षमा पुर्‍याउने बताएका छन्।

National life

प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले सीआईबीको छानबिनमा विश्वास गर्न आग्रह गरे।

उनले भने, 'सरकारले छानबिन समिति बनायो ३३ किलो सुन पत्ता लगाउन, तर खोई पत्ता लागेको? छानबिन समिति बनाएर पत्ता लाग्‍ने रहेनछ। सरकारले यसैका लागि बनाएको संयन्त्रलाई नै जिम्मा दिनुपर्छ र हामीले यसलाई विश्‍वास गर्नुपर्छ। ६० दिनभित्र सीआईबीले यसको नेक्ससलाई पत्ता लगाएर कारबाहीको दायरामा ल्याइसक्छ।'

उनले प्रश्न गरे, 'सम्बन्धित निकायलाई अनुसन्धान गर्न नदिएर कुनै समितिको प्रतिवेदन बनाउने र प्रतिवेदन लागु गर्ने र नगर्ने कथामा किन प्रवेश गर्ने? यदि त्यहाँ पत्ता लागेन भने नयाँ शिराबाट जाउ भन्‍न सकिन्छ। म सबै मित्रहरुलाई यो अनुरोध गर्न चाहन्छु। हामी कोही दोषीलाई छुट नदिने दिशामा जाउ र कारबाहीको दायरामा ल्याइछाडौं। मन्त्रिपरिषद्ले कानुन लागु गर्छ र काम गर्न सकेन र विश्‍वास छैन भन्दैमा अर्को समानान्तर सरकार वा मन्त्रिपरिषद् बनाउ भन्‍न मिल्छ? राज्यका केही मूलभूत मान्यता त छन् नि त्यसलाई यो छानबिनलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ।'

उनले थपे, 'यो देशमा तस्करीलाई छुट दिनै हुँदैन, भ्रष्टाचारलाई छुट दिन हुँदैन। प्लिज यो छानबिनलाई डिरेल गर्ने काम नगरौं। अनुसन्धानलाई रोक्‍ने काम नगरौं। हामीले यो पोलिटिक्सलाई पोलिठिक्स बनाउन भएन। लाग्या त यही छ तर काम गर्न दिनु हुँदैन भन्‍ने काम नगरौं। भागबण्डा गर्ने खानेमा होइन, भागबण्डा अन्त्य गरी भ्रष्टाचार र दण्डहिनता अन्त्य गर्न राष्ट्रिय सहमति गरौं। जनताको सेवामा लागौं न। ३३ किलो सुन पत्ता लागेन भन्दैमा त्यतिबेलाको सरकार र गृहमन्त्रीले लुकायो भन्दैमा नैतिकता हुन्छ र? त्यो नैतिक हुन सक्दैन। अहिले यो अनुसन्धानलाई तार्किक निष्कर्षमा पुर्‍याउँ। जो-जो दोषी छन् र तथ्य प्रमाणले भेटेसम्म कारबाहीको दायरामा आउँछन्। त्यो फाइल मेरो टेबलमा आउँदैन। त्यो सीआईबीले तथ्य प्रमाणले जे देखाउँछ त्यसको आधारमा अघि बढौं भन्‍नेमा हामी स्पष्ट छौं।'

Shivam cement

प्रकाशित: Aug 08, 2023| 18:37 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्