बिहीबार, साउन १४, २०८३

आँखा पाक्ने रोग: पोखराका शैक्षिक संस्था ३ दिन बन्द हुने

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

गण्डकी- आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन्।

आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखको अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे-हिउँदे-स्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म  बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले जानकारी दिए।

विद्यार्थीहरूलाई सुरक्षित रुपमा घरमा बस्न र  अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरपालिकाले अनुरोध गरेको छ।

प्रकाशित: Aug 08, 2023| 20:41 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...