बिहीबार, साउन १४, २०८३

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

पर्सा- नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ।

देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो।

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ। नेपालको खुद्रा बजारमा रु एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए।
 

प्रकाशित: Aug 08, 2023| 16:08 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्