बिहीबार, जेठ २८, २०८३

रोल्पाको तिलाबजारमा पल्टियो बस, १५ यात्रु घाइते

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना५ख २६१२ नम्बरको बस दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ तिला नजिकै दुर्घटनामा परेको हो। 
 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

काठमाडौं– रोल्पा बागमाराबाट दाङको घोराही जाँदै गरेको बस सहिद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खस्दा बसमा सवार १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

National life

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना५ख २६१२ नम्बरको बस दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ तिला नजिकै दुर्घटनामा परेको हो। 

बस पल्टिँदा त्यसमा सवार १५ यात्रु घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी श्याम सारु मगरले पुष्टि गरे।

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइएको छ। थप उपचारका लागि दाङको घोराही लगिँदै गरेको प्रहरीले जनाएको छ। वर्षाले सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान छ।

प्रकाशित: Aug 08, 2023| 14:43 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्