शुक्रबार, साउन ९, २०८२

दमौली–डुम्रे सडक भासिएपछि यातायात अवरुद्ध

आज सवा १ बजे व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो।
 |  मंगलबार, साउन २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

vianetvianet

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्ड अवरुद्ध भएको छ। आज सवा १ बजे व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो।

सडक अवरुद्ध बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आउजाउ व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए।

भासिएपछि सडक सञ्चालन गर्न समय लाग्ने देखिएको उनको भनाइ छ। ठूला सवारीसाधन आउजाउमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: Aug 08, 2023| 13:32 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्