बिहीबार, जेठ २८, २०८३

पहिरो खसेपछि घोराही-लमही सडक अवरुद्ध

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०
National life
Shivam cement

घोराही- अविरल वर्षाका कारण खसेको पहिरोले दाङको घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ। घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

वर्षात्का कारण गएराति खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ। सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।
 

प्रकाशित: Aug 08, 2023| 08:58 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्