बिहीबार, जेठ २८, २०८३

हेटौंडा–काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०
National life
Shivam cement

पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध भएका छन्। सोमबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीको भैंसे भिमफेदी कुलेखानी काठमाडौं सडक खण्ड र कान्तिलोक पथ अवरुद्ध भएको हो। 

वर्षाका कारण भैंसे भिमफेदी कुलेखानी काठमाडौं सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरो खसेको स्थान हेटौंडा बुद्ध चोकबाट करिब १२ किलोमिटर उत्तर पूर्वमा पर्छ।

त्यस्तै पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध बनेको छ। पहिरोका कारण सोमबार रातिबाट सो सडक खण्ड अवरुद्ध भएको हो। बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सडक बन्द भएको छ।
 

प्रकाशित: Aug 08, 2023| 07:38 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्