मंगलबार, चैत १७, २०८२

नेपाल ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर

काठमाडौं- २०२० जापानमा हुने ओलम्पिकका लागि एसियन महिला फुटबल छनोट अन्तर्गत नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो । 

याङगोनस्थित थुनुवा स्टेडियममा सुरु भएको खेलमा नेपाललाई अग्रता दिलाउन कप्तान निरु थापाले गोल गरेकी थिइन् । उनले खेलको पहिलो हाफको १७ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन् । 

तर, दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले गोल फर्काउर्दै खेल बराबरीमा ल्याएको हो । बंगलादेशका लागि अखि खातुनले बराबरी गोल फर्काएकी थिइन् । नेपालले समूहको तीन वटै खेल बराबरी खेल्दै ३ अंक जोड्यो । 

आफ्नो छनोटको पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि आयोजक म्यानमारसँग १-१ को बराबरी खेलेको थियो । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । 

समूहमा भारत र म्यानमारको खेल भने केहिबेरमा हुनेछ । यस खेलको नतिजाले नेपालको स्थान परिवर्तन नहुने भएपनि नेपाल उत्कृष्ट २ तेस्रो स्थानको टोलीमा पर्दै छनोट भएको हो । 

नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो । समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट २ टोली अर्को चरणमा पुग्ने प्रावधान छ । 

यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबनेपनि उत्कृष्ट दुई तेस्रो टोलीको हिसाबले दोस्रो चरणमा पुग्ने भएको हो । भारत र म्यानमार पनि समूहमा शीर्ष दुई टोलीमा पर्दै छनोट भएका हुन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।