काठमाडौं- अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।
बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने काम गरिरहेको छ। थप पहिरो नआए पन्छाउन करिब तीन घण्टा लाग्ने अनुमान छ।