शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा विषाक्त खानाका कारण कम्तीमा २०० जना विरामी

अफगानिस्तानमा विषाक्त खानाका कारण कम्तीमा २०० जना विरामी

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

काबुल- अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी परेका छन्।

National life

प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए। 

सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको भन्दै बिस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए।

यसैबीच, गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४०० जना बिरामी परेको दाबी गरे। 

प्रकाशित: Aug 07, 2023| 19:26 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्