बिहीबार, जेठ २८, २०८३

दार्चुलामा चरेससहित दुई जना पक्राउ

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०
National life
Shivam cement

दार्चुला- दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ खलङ्गाका ६६ वर्षीय मानसिंह ठगुन्ना र  नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुवै जना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन्।

उनीहरुको साथबाट प्रहरीले छ किलो एक सय ग्राम चरेस बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक वीरेन्द्र थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रकाशित: Aug 07, 2023| 18:05 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्