शनिबार, साउन १०, २०८२

सीआईबीका एसपी थापाको नेतृत्वमा अवैध सुन प्रकरणको थप छानबिन

थापा नेतृत्वको टोलीले गत २ साउनमा विमानस्थल भन्सार जाँचपास गराएर बाहिरिएको अवैध एक क्विन्टल सुनबारे थप छानबिन गर्नेछ।
 |  सोमबार, साउन २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

vianetvianet

काठमाडौं– त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन बरामद प्रकरणको थप छानबिनको नेतृत्व नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले पाएका छन्।

राजस्व अनुसन्धान विभागले हिजो मात्रै हालसम्म भएका जाँचकी विवरण सीआईबीलाई सुम्पिइएको थियो। त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको एक क्विन्टल सुन प्रकरणमा हालसम्म १८ जना समातिए पनि मुख्य कारोबारी पक्राउ पर्न सकेका छैनन्।

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निर्णय लिएको बताएका थिए।

थापा नेतृत्वको टोलीले गत २ साउनमा विमानस्थल भन्सार जाँचपास गराएर बाहिरिएको अवैध एक क्विन्टल सुनबारे थप छानबिन गर्नेछ। यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेकामा एक जनालाई हाजिर जमानीमा छाडिएका छन्। ‘एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरु भएको र आवश्यकताअनुसार जनशक्ति परिचालन गरी थप अनुसन्धान हुनेछ’, प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने।
 

प्रकाशित: Aug 07, 2023| 16:26 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्