बिहीबार, जेठ २८, २०८३

उत्तराखण्ड पहिरो अपडेटः बेपत्ता खोज्न कुकुर परिचालन

उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्डमा गत शुक्रबार पहिरो आउँदा बेपत्ता भएका भारतीयसहित ११ नेपाली नागरिक खोज्न तालिमप्राप्त कुकुर परिचालन गरिएको हो।
 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

काठमाडौं– गत शुक्रबार भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीमा कुकुर परिचालन गरिएको छ। रुद्रप्रयागमा नेपालीले सञ्चालन गरेका तीन होटलमा खान गएका नेपालीलाई पहिरोले बगाएको थियो।

National life

सोही क्रममा कालीकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। कालीकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको हो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए।‘११ नेपाली नागरिक पहिरोमा बेपत्ता भएको एकिन भएको छ। दुई जनाबारे आशंका मात्रै गरिएको छ,’ उनले भने, ‘खोजीमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुुकुरसमेत परिचालन गरेका छन्।’

दूतावासले भारतीय पक्षसित खोजीका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तीव्र रुपमा भइरहेको जानकारी दिए।  लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले बताए। सो क्षेत्रमा लामो समयदेखि सयौं नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन्। बेपत्ता भएका सबै जुम्ला घर भएका रहेको दूतावासले जनाएको छ।–रासस

Shivam cement

प्रकाशित: Aug 07, 2023| 14:47 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्