मंगलबार, चैत १७, २०८२

पहिलो हाफ : बंगलादेशविरुद्ध नेपालको अग्रता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर

काठमाडौं- २०२० जापानमा हुने ओलम्पिकका लागि एसियन महिला फुटबल छनोट अन्तर्गतको आफ्नो जारी तेस्रो खेलमा नेपालले खेलको पहिलो हाफमा बंगलादेशविरुद्ध अग्रता बनाएको छ । नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको हो ।
 
याङगोनस्थित थुनुवा स्टेडियममा सुरु भएको खेलको पहिलो हाफको १७ औं मिनेटमा नेपालले अग्रता लिएको हो । नेपाललाई अग्रता दिलाउन खेलको १७ औं मिनेटमा निरु थापाले गोल गरेकी थिईन । 

बीचको खेल सुरु भएको छ । नेपालले यो अग्रता जोगाउन सके दोस्रो चरणमा स्थान पक्का हुनेछ । नेपालले सुरुवाती दुई खेलमा बराबरी खेलेका थियो । आफ्नो छनोटको पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि आयोजक म्यानमारसँग १-१ को बराबरी खेलेको थियो । 

यता बंगलादेश आफ्नो पहिलो खेलमा म्यानमारसँग ५-० ले पराजित भएको थियो भने दोस्रो खेलमा  भारतसँग ७-१ को भारी अन्तरले पराजित भएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।