बिहीबार, जेठ २८, २०८३

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यू टनेल आज 'ब्रेक थ्रू'

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०
National life
Shivam cement

काठमाडौं- नागढुंगा-नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज ‘ब्रेक थ्रू’ हुने भएको छ।

विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो। ‘रेस्क्यू टनेल’ को आज खनिसकिने भएको छ। आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले बताए।

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ। दुई दशमलव छ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ।

प्रकाशित: Aug 07, 2023| 09:41 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्