बिहीबार, जेठ २८, २०८३

सिद्धबाबामा गुडिरहेको जीपमाथि पहिरो खस्यो

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०
National life
Shivam cement

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन्।

राजमार्गको बुटवल-पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लु च २८४९ नम्बरको जीपमाथि ढुंगासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ढुंगासहितको पहिरोले जीपको अगाडि भागमा पूर्ण रूपले क्षति पुगेको छ।

प्रकाशित: Aug 07, 2023| 08:30 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्