बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जना घाइते

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जना घाइते

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

लुम्बिनी- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन्।  

National life

राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लुच २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु२च २८४९ नं को गुडिरहेको जीपमाथि पहिरो खस्दा जीपमा सवार चालक सहित तीनजना घाइते भएको स्थानीय विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ढुङ्गासहितको पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको स्थानीय पाण्डेले जानकारी दिए। 

पहिरोका कारण केही बेर राजमागको बुटवल–पाल्पा सडक अवरुद्ध बने पनि अहिले भने पुनःसञ्चालन भइसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।
 

प्रकाशित: Aug 07, 2023| 08:23 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्