बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो, बंगलादेशमा डुंगा डुब्दा ८ को मृत्यु

पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो, बंगलादेशमा डुंगा डुब्दा ८ को मृत्यु

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। १०० जना घाइते भएका छन्।

National life

कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो। रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

पाकिस्तानका रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकार सम्मेलन गरी दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्।

उता बंगलादेशमा डुंगा डुब्दा आठ जनाको मृत्यु भएको छ। वनभोज खाएर घर फर्केकाहरू चढेको डुंगा डुबेको हो।

राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुंगा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन्। 

Shivam cement

खोजमा संलग्न अधिकारीहरुका अनुसार करिब ४६ यात्रु बोकेको डुंगा राति आठ बजे नदीमा बालुवाले भरिएको डुंगासँग ठोक्किएर पल्टिएको थियो। नदी किनारमा डुंगा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए भने चार जनालाई जीवितै उद्धार गरिएको थियो। 

प्रकाशित: Aug 07, 2023| 06:44 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्