शुक्रबार, पुस ४, २०८२

बंगलादेशमा ६४ हजार डेंगुका बिरामी

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

ढाका- लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्। यस रोगबाट अरु ६४ हजार बिरामी भएका छन्। शनिबार थप १० जनाको मृत्यु भएको र दुई  हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

National life

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ।

डेङ्गु लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन्। दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ।

गत महिना दुई सय चार जनाको मृत्यु भयोभने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए।

प्रकाशित: Aug 06, 2023| 19:44 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्