काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)ले सार्वजनिक गरेको नयाँ क्रिकेट टी-२० वरियतामा नेपालका तीन खेलाडी शिर्ष १०० भित्र रहेका छन् । नयाँ वरियताको शीर्ष १०० भित्र नेपालका राष्ट्रिय टोलीका कप्तान पारस खड्का, तिब्र गतिका बलर सोमपाल कामी र त्यस्तै अर्का स्पिनिर बरल वसन्त रेग्मी अटाएका हुन् ।
ब्याटिङ तर्फ कप्तान पारस खड्का एक स्थान माथि उक्लिदै ९३ औँ स्थानमा रहेका छन् । तर, यसअघि शीर्ष १०० मा अटाएका शरद भेषवाकर भने यस पटक शीर्ष १०० भित्र अटाउन सकेनन् ।
उनको स्थानमा भारतीय युवा खेलाडी ऋषभ पन्त रहेका छन् । त्यस्तै टी-२० क्रिकेटको बलिङतर्फ सोमपाल कामी दुई स्थान तल झर्दै ९४ औँ स्थानमा पुगेका छन् । अर्का नेपाली बलर वसन्त रेग्मी एक स्थान तल झर्दै ७५ औँ स्थानमा रहेका छन् ।
टी-२० क्रिकेटको अलराउण्डर तर्फ पारस दुई स्थान तल खस्किएका छन् । नयाँ बरियतामा पारस ४१ औँ स्थानमा रहेका छन् । अलराउण्डर तर्फ सोमपाल कामी ३ स्थान तल झर्दै ६४ औँ स्थानमा रहेका छन् ।
टि-२० वरियताको ब्याटिङमा बाबर आजम, बलिङमा रसिद खान र अल राउण्डरमा ग्लेन म्याक्सवेल शीर्षस्थानमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४