बिहीबार, जेठ २८, २०८३

मोदीले गरे २५ हजार करोडका परियोजना शिलान्यास

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय आठ वटा रेल बिसौनी पुनर्निर्माण एवम् विकास परियोजनाको शिलान्यास गरेका छन्। भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेशन योजनाअन्तर्गत २५ हजार करोडका ती विशाल परियोजनाको उनले शिलान्यास गरेका हुन्।

National life

आज शिलान्यास गरिएका रेल बिसौनीमा केन्द्रीय मन्त्री तथा  सम्बन्धित राज्यका मुख्यमन्त्री एवम् राज्यपालहरूको उपस्थिति थियो। रेल बिसौनी देशका २७ राज्य र केन्द्र शासित प्रदेशमा फैलिएका छन्।

त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री मोदीले विश्वस्तरीय सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नका साथै विपक्षीहरूको आलोचना पनि गरे। देश विकासका काममा आफू पनि नलाग्ने अनि अरुलाई पनि लाग्न नदिने प्रतिपक्षीले विरोध गर्दैमा आफू विचलित नहुने उनले बताए।

'देशले आधुनिक संसद् भवन बनाएको छ। संसद् देशको लोकतन्त्रको प्रतीक हो। यसमा सत्तापक्ष र प्रतिपक्षको प्रतिनिधित्व छ तर विपक्षीले नयाँ संसद् भवनको विरोधमात्र गरेन। उद्घाटन कार्यक्रमलाई बहिष्कार  गर्यो। हामीले कर्तव्य मार्गको पुनर्विकास गर्यौं तर उहाँहरूले त्यसको पनि विरोध गर्नुभयो,' विपक्षी राजनीतिक दलका नेताले नकारात्मकबाट माथि उठेर सकारात्मक राजनीतिको बाटोमा अगाडि बढ्नुपर्ने सुझाउँदै मोदीले भने।

विरोधमात्र गर्ने विपक्षीहरूलाई  लज्जा महसुस नभएको भन्दै प्रधानमन्त्रीले थपे, 'सत्तरी वर्षसम्म उनीहरूले केही गरेनन् । देशका वीर शहीदहरूको सम्मानमा युद्ध स्मारक पनि बनाएनन्। हामीले राष्ट्रिय युद्ध स्मारक बनायौं, तिनीहरूले त्यसको पनि आलोचना गर्न पछि परेका छैनन्। राष्ट्रिय एकताका प्रतिमूर्ति सरदार वल्लभभाई पटेलको संसारको सबैभन्दा अग्लो भवन बनायौं, त्यसमा प्रत्येक भारतीयलाई  गर्व छ तर केही राजनीतिक दलका ठूला नेताहरूमध्ये कसैले पनि उक्त मूर्ति भएको स्थानको भ्रमण गरेनन्।'

Shivam cement

प्रकाशित: Aug 06, 2023| 17:43 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्