बिहीबार, साउन १४, २०८३

विद्यालयमा युवकको शव फेला

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

सर्लाहीको मलंगवास्थित एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ। मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन्।

विद्यालय भवनको बरन्डामा आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।

मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 06, 2023| 14:09 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्