सोमबार, साउन १२, २०८२

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो साता

 |  आइतबार, साउन २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

vianetvianet

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका लागि तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ।

उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए।

आज आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताए। परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको उनको भनाइ छ।

उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताए। उनले सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताए। सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफू लागिपरेको उनले सुनाए।

प्रकाशित: Aug 06, 2023| 14:06 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्