बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कार्यविनायकको गजुर र छानाका लागि योगेश्वर अमात्यले दिए १ करोड २० लाखको सुन

कार्यविनायकको गजुर र छानाका लागि योगेश्वर अमात्यले दिए १ करोड २० लाखको सुन

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

काठमाडौं- गायक तथा संगीतकार योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका छन्। ललितपुरको बुङमतीस्थित कार्यविनायक मन्दिरमा सुनको छाना र गजुरका लागि उनले यो सहयोग गरेका हुन्।

National life

अमात्यले १ सय ८ तोला सुनबराबरको रकम सहयोग गरेको र त्यसबाट सुन किनेर छाना र गजुरमा जलप लगाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। अहिलेको बजार मूल्यअनुसार यो सहयोग १ करोड २१ लाखभन्दा बढी हो।

कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको थियो। उक्त आह्वान थाहा पाएपछि योगेश्वरले सहयोग गरेको बताइएको छ। गायक अमात्य भने अहिले देशबाहिर छन्। 

अमात्यका जब सन्ध्या हुन्छ, क्या बोर भयो, लैजा चरी, लोग्ने मान्छे भएर रुनु हुन्न, दसैं नै हो कि यो मेरो दशा आदि गीत चर्चित छन्।

 

Shivam cement

प्रकाशित: Aug 06, 2023| 13:03 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्