बिहीबार, जेठ २८, २०८३

रविको मोबाइल क्लिनिक: गाडी कलेजलाई नै फिर्ता

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

काठमाडौं- ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिक गाडी पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ। भारतीय दूतावासले कलेजलाई लिएको एम्बुलेन्स डेन्टपेन्ट गरेर रास्वपा सभापतिसमेत रहेका चितवन-२ का सांसद रवि लामिछानेले मोबाइल क्लिनिक चलाउने घोषणा गरेका थिए।

National life

ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई आफू संघीय सांसद निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको घोषणा उनले गरेका थिए। तर गैरकानुनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवाद भएको थियो।

विवादपछि गाडी पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको छ। अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने रास्वपाले बताएको छ।

भारतीय दूतावासले उक्त एम्बुलेन्स २०७१ सालमा पुरानो मेडिकल कलेजलाई दिएको थियो। हरेक वर्ष विभिन्न स्वास्थ्य संस्था र शैक्षिक संस्थालाई सवारीसाधन अनुदान दिँदै आएको भारतले यो गाडी पनि उक्त कलेजलाई अनुदानमा दिएको थियो।

रास्वपाले रंग परिवर्तन गर्नुअघि एम्बुलेन्स सेतो रंगको थियो। रास्वपाको झण्डाको रंगसँग मिल्दोजुल्दो हुने गरी एम्बुलेन्समा निलो रंग लगाएर ‘मोबाइल क्लिनिक’ नाम दिइएको थियो।

Shivam cement

यसैबीच रास्वपा सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन्। मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको एम्बुलेन्स फिर्ता भए पनि सेवा जारी रहने लामिछानेले बताएका हुन्।

‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडीमात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बाआमाको सेवामा हुनेछ। यो रोकिने होइन, छिट्टै दुईवटा हुन्छ,’ लामिछानेले भनेका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा आएको ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ। ‘ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनुहोला। हैट हेडलाइन आतंक …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं,’ लामिछानेले फेसबुकमा भनेका छन्।

 

प्रकाशित: Aug 06, 2023| 12:14 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्