काठमाडौं- मकवानपुरमा एक किशोरीको शव फेला परेको छ। आज बिहान ६ बजेतिर भीमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमती खोलामा किशोरी मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा शव फेला परेको छ। १६-१७ वर्षकी देखिने किशोरीको पहिचान खुलेको छैन।