बिहीबार, जेठ २८, २०८३

यी नदीमा आज बाढी आउन सक्ने

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

काठमाडौं- आज देशका केही सानाठूला नदीहरूमा जल सतह बढ्न सक्ने आकलन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

National life

आज महाकाली नदीमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ। नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले आग्रह गरेको छ।

यस्तै, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ। 

झापा, इलाम, पाँचथर, तेहथुम, संखुवासभा, धनकुटा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा र दार्चुला भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार आज कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ। तर, बहाव बढ्दो हुनेछ।

Shivam cement

भोलि र पर्सि देशका अधिकांश नदीहरूको जलसतह उल्लेख्य बढ्नेछ। कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका केही साना सहायकलगायत चुरे र तराई भई बहने केही साना नदीमा जलसतह सतर्कता तह पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ। 

प्रकाशित: Aug 06, 2023| 09:44 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्