बिहीबार, जेठ २८, २०८३

तीन दिन मनसुन सक्रिय हुने

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

काठमाडौं- न्युन चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पानी पर्न नसकेको मधेश प्रदेशमा पनि आगामी तीन वर्षा हुने सम्भावना छ।

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने र मनसुन थप सक्रिय हुने देखिन्छ। 

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने र त्यसबाट बाढी, पहिरो, डुबाको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ‘नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।
 

Shivam cement

प्रकाशित: Aug 06, 2023| 08:25 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्