सोमबार, साउन १२, २०८२

तारकेश्वरमा पहिरोले घर पुरियो, बाबुछोरीको मृत्यु

 |  आइतबार, साउन २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

vianetvianet

काठमाडौं- काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार बेलुका ९ बजेतिर तारकेश्वर नगरपालिका-५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङ छन्।

गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी हुन्। भिरालो ठाउँमा बनाइएको टहरा पहिरोले बगाएको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 06, 2023| 08:21 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्